पोखरा, ०४ चैत्र ।
कास्कीको मादी गाउँपालिका वडा नं ३, याङ्जाकोटमा बर्डफ्लूको संक्रमण फेला परेको छ । स्थानीय लोकल र गिरीराज जातका कुखुरामा बर्डफ्लूको संक्रमण भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।


डा.केदार राज पाण्डे सहितको टीम रोग नियन्त्रणका लागि खटिएको स्रोतले जनाएको छ । बर्डफ्लूको संक्रमण स्थान याङ्जाकोटमा चार किल्ला तोकि नियन्त्रणको प्रयासहरु सुरु गरिएका छन् ।
चार किल्ला तोकिएको उक्त क्षेत्रमा अवको १० दिनसम्म कुनैपनि पंक्षी तथा पंक्षीजन्य वस्तु ओसारपसारमा प्रतिबन्ध लगाईएको छ । यसअघि काठमाण्डौ र हेटौंडामा बर्डफ्लुको संक्तमण फेला परेको थियो । अहिले उक्त क्षेत्रमा उच्च सतर्कता अपनाईएको अधिकारीहरुले बताएका छन् ।


कुखुरापालन व्यवसायमा नेपाली कृषकहरुले अर्वौ रुपैयाँ लगानी गरेका छन् भने सरकारले वार्षिक झण्डौ ३४ अर्वै अर्थोपार्जन गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार