पोखरा, वैशाख ।
नेपाल पत्रकार महासंघले पत्रकार सुरक्षाको अवस्थालाई सन्तोषजनक मान्न सकिने अवस्था नभएको स्पष्ट पारेको छ । शुक्रबार काठमाडौंमा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दे महसंघले गत वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा केही कमी भएपनि अझै पनि प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्थालाई सन्तोषजनक मान्ने नसकिने अवस्था नभएको जनाएको हो । प्रतिवेदनमा प्रेस स्वतन्त्रता उल्लघङ्नका ६० घटनामा ७७ पत्रकार र पाँच सञ्चारगृह प्रभावित भएको जनाइएको छ ।


प्रतिवेदनमा यस वर्ष मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको कार्यालयबाट घर फर्कंदै गर्दा लागुऔषध दुव्र्यसनीबाट हत्या भएको उल्लेख छ । त्यसैगरी गिरफ्तारीमा १२, बेपत्तामा एक, कब्जामा छ, आक्रमणमा १५ तथा दुव्र्यवहार÷धम्कीमा २५ घटना भएका छन् । पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले बिगतमा जस्तै यस बर्षपनि प्रेस स्वतन्त्रताका घटनाका प्रवृति दोहरीएको बताउनुभयो । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पोखरामा प्रेस स्वतन्त्रताको “वर्तमान अवस्था, हाम्रो अधिकार र जिम्मेवारी” विषयक अन्रतक्रिया कार्यक्रम गरिएको छ ।


कार्यक्रममा बोल्दै नेपाल बार एशोसियसनका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र थापामगरले बेलाबखतमा हुने राज्यको चौठो अंगमाथीको गैरन्यायीक र गैरकानुनी गिरफ्तारी तथा धरपडकलाई चिन्ताको विषय भनि टिप्पणी गर्नुभयो । संविधानमा पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्ने तर विभिन्न कानुनका दफा तथा उपदफाहरु देखाएर प्रेसमाथी अंकुस लागउने चेष्टा गरिनुलाई उहाँले प्रेस माथीको राज्य आंतक भन्नुभयो । प्रेस स्वतन्त्रताको उपयोगमा पत्रकारहरुको समेत कमजोरी रहेको बताएका जानकारवालाहरुले सदा सचेत र संवेदनशिल हुन आवाश्यक रहेकामा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार