आज विश्व आमा बुबा दिवस आफ्ना अभिभावकहरु प्रति आदर प्रकट गरि मनाईदै छ । विश्वव्यापी रुपमा “विश्वभरका सबै अभिभावकहरूको सह्रना गर्नुहोस्” भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
यसदिनले विश्वव्यापी रूपमा आफ्ना बच्चाहरू प्रति अभिभावकको संघर्ष र त्यागहरूको अनुमोदन दर्शाउने विश्वास गरिएको छ । आफ्ना आमा बुबा मात्र होईन, हजुरबा र हजुरआमा यस दिनको एक हिस्सका रुपमा लिर्ईको छ । त्यसकारण यस दिनले वृद्धप्रति कृतज्ञता र उचित आदर देखाउन प्रेरित गर्दछ ।

सोमबार रातीदेखी मनसुन सक्रिय हुने, केहि स्थानहरुमा भारी बर्षाको सम्भावना, सतर्ककता अपनाउन आग्रह


संयुक्त राष्ट्र संघले अभिभावकहरू बच्चाको जीवनको आधार हुन्, भनेको छ । उसले आमा बुबालाई कानूनी अभिभावक र संरक्षक समेत भनेको छ । बच्चाहरूको प्रति अभिभावकको त्याग र स्नेहलाई उजागर गर्न, संयुक्त राष्ट्रको साधारण सभाले सन् २०१२ देखी जुन १ मा विश्व आमाबुबा दिवस घोषणा गरेको हो ।

बाग्लुङ पहिरोमा सम्पर्कविनिहरुको खोजि कार्य सुरु, मानविय हताहति भएको हुनसक्ने अनुमान


नेपालमा आफ्ना अभिभावकलाई मातृ देवो भव, पितृ देवो भवका रुपमा लिने गरिन्छ । कोभिड १९ को महामारीका बिचपनि यस दिनलाई आफ्ना अभिभावकसंगै मनाउन संयुक्त राष्ट्र संघले आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार