पोखरा, वैशाख ।
‘आफैंबाट सुरु गरौं, औलोलाई शून्यमा पुराऔं भन्ने नारासहित विश्व औलो दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा नेपालमा २०६५ सालदेखि यो दिवस मनाउन थालिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दे नेपालमा ११ सय ८७ जनामा औलोरोग देखिएको जनाएको छ ।


सुदूरपश्चिमका जिल्लाहरुमा बढी देखिएको औलोरोग हाल उच्च पहाडी र हिमाली जिल्लामासमेत देखापर्न थालेको छ । औलोरोगबाट २० जिल्लाका ४९ वडा बढी जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिनुभयो । हालसम्म ६ लाख १० हजारजनालाई औलोरोग नियन्त्रण गराउने झुल वितरण गरिसकेको उहाले बताउनुभयो । सरकारले औलोरोगको उपचार र औषधि निःशुल्क गरेको छ ।
सरकारले यो वर्ष औलोरोग नियन्त्रणका लागि दुई करोड ५० लाखको औषधि, झुलका लागि ७५ लाख र विषादीका लागि तीन करोड ३५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । औलोरोगका कारण नेपालमा हालसम्म तीनजनाकोमात्र मृत्यु भएको सरकारको दाबी छ । सरकारले सुन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने लक्ष्य लिएको छ । ‘एनोफिलिज’ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलोरोग सर्दछ । हरेक वर्ष अप्रिल २५ तारिखमा यो दिवस मनाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार