पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष रामराज लामिछानेले कोरोना भाइरस समुदाय स्तरमा प्रवेश गरिसकेकाले थप सावधानी तथा आवश्यक स्वास्थ्य सुरक्षाको सर्तकता अपनाउन अपिल गरेका छन् ।
वडा कार्यालयको तर्फबाट एक अपिल जारी गर्दै उनले भनेका छन्, “कोरोना भाइरसका कारण विश्वको जनजिवन तहसनहस भएको अवस्थामा हामी नेपालीहरु पनि यसको संक्रमणको ग्राफ दिनदिनै बढिरहेका प्रति निकै चिन्तित छौ, पछिल्लो समय हाम्रो पनि समुदायस्तरमा यसको संक्तमण फैलिएको छ, त्यसकारण पनि हामी अझ धेरै गम्भिर र सर्तक हुनु पर्ने आवश्यकता देखिएको छ ।”
स्वाभाविक रुपमा मानिसहरुमा चिन्ता थपिएको प्रति उनले गहिरो दुःख व्यक्त गरे । सिसिएमसंगको कुराकानीमा उनले आफ्नो वडामा यसको संक्रमण थप नफैलियोस् भन्नका लागि आवश्यक सर्तकता अपनाउन वडावासिहरुलाई बारम्बार आग्रह गरिरहेको बताए ।
अध्यक्ष लामिछानेले अनावश्यक रुपमा घरबाहिर ननिस्कन र निस्कनै परे माक्सको नियमित प्रयोग गर्न अपिल गरेका छन् । तत्कालका लागि भिडभाडमा जाने र भेला जम्मा हुने जस्ता कार्यहरु स्थगित गर्न उनको सुझाव छ ।
पोखरा महानगरपालिका वडा नं. ९ मा अहिलेसम्म १८ जनामा संक्रमण पुष्टि भएको छ भने ९ जना निको भैसकेका छन् ।
यसैबिच सोही वडाको एक परिवारका सदस्यहरुमा देखिएको संक्रमणका विषयमा स्थानियहरुले र्दुव्यवहार गरेको भन्दै संक्रमित परिवारकी एक सदस्यले असन्तुष्टि जनाएकी छिन् ।
उनका अनुसार स्थानिय टोलविकास संस्थाका अध्यक्ष र जनप्रतिनि सहितको टोली संक्रमितको घरमा ताला लगाउन पुगेको थियो । तर, स्थानिय सेति गंगा टोलविकास संस्थाका अध्यक्ष रोशन मानन्धरले भने उनको भनाईको खण्डन गर्दै त्यसमा कुनै प्रकारको सत्यता नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार