पोखरा, २७ माघ ।
छैठौँ मनकामना केबलकार पोखरा कप २०७५ को उपाधी पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमलीले उचालेको छ ।
पोखरा रंगशालामा सम्पन्न फाईनल खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लवलाई १—० गोल अन्तरले पराजित गर्दै पाहुना टोली क्यामरुनको डफिन्स फेमलीले उपाधी उचालेको हो ।


यस अघि सेमिफाईनलमा लिग बिजेता तथा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लवलाई सडेन डेथमा पराजित गर्दै पाहुना टोली क्यामरुन प्रतियोगीताको फाईनलमा प्रवेश गरेको थियो ।
उपाधीसंगै डफिन्सले ७ लाख ५५ हजार नगद पुरस्कार पाएको छ । उपविजेता बनेको एपिएफले ४ लाख ५ हजार रुपैयाँ पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार