विश्व स्वास्थ्य संगठन (डब्ल्यूएएचओ)ले बालबालिकालाई समेत मास्क लगाउने विषयमा नयाँ नियम ल्याएको छ ।
डल्ब्यूएचओका अनुसार बालबालिकाले भाइरस कति फैलाउँछ भन्ने विषय अहिलेसम्म प्रष्ट भएको छैन भनेको छ, तर किशोर आयुका बालबालिकाले भने वयश्कले सरह भाइरस फैलाउने उसको निष्कर्ष छ ।
त्यसकारण ६ देखि ११ वर्ष उमेरका बालबालिकालाई मास्क लगाउन उसले सल्लाह दिएको हो । साथै ६० वर्ष कम उमेरका मानिसहरुले पनि कम्तिमा कपडाको मास्क र ६० वर्षभन्दा बढी उमेरका मानिस र विरामीले भने मेडिकल मास्क लगाउनुपर्ने उसले बताएको छ ।
यसअघि हिजोमात्र कोरोना भाइरस रोकथामका लागि कम्तिमा दुई वर्ष प्रतिक्षा गर्नु पर्ने हुनसक्ने डब्ल्यूएएचओले बताएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार