देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

नेपाल पत्रकार महासंघको आज बसको बैठकले गरेका ७ वटा निर्णयहरु (निर्णय सहित)


विभागले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।
आज दिउँसो र राति समेत प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रञ्जन प्रकरणमा सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च मै निवेदन दर्ता


विभागका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको अवस्था छ ।
अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानहरुमा वर्षा भईरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार