आज देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने जल तथा मौषम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १ र प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५का एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन उसले आग्रह गरेको छ ।

गण्डकी कोरोना अपडेट : कुल १३४५ संक्रमित : १०९१ डिस्चार्ज : २५० आईसोलेसनमा : ४ मुत्यु


दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षा हुने र राती समेत देशभर प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा पश्चिमि भू(भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू(भागमा नेपाल नजिक रहेको अवस्था छ । देशभर आँशिक देखि सामान्य बदली रही बागमाती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानहरुमा वर्षा भईरहेको छ ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत ८ जना कोरोना संक्रमित बिरामीहरु डिस्चार्ज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार