आगामी २४ घण्टामा देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुका साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले ती स्थानहरुका नदीहरुमा पानीको बहाव बढ्ने,

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गयो, १ जना हामफालेर बच्न सफल


पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको छ । अहिले पनि देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

विश्वभर कोरोना भाइरस संक्रमणका कारण ६ लाख ५ सय बढिको मृत्यु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार