आज देशका अधिकांस स्थानमा हल्का देखी मध्यम हुदै भारी वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यि स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

हाल देशका अधिकांश भू–भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा बर्षा भईरहेको छ । साथै सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा पनि भैरहेको छ ।
मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेकाले आगामी तिन दिन सम्मको मौषममा बद्लिरहने विभागले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार