आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौषम विज्ञान विभागले अनुरोध गरेको छ ।

आज मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन विभागको आग्रह


दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन विभागको आग्रह


हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका थोरै स्थानमा वर्षा भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार