आज प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले र ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।

कोरोना भाइरसका कारण विश्वभर ९ लाख १३ हजार बढिको मृ-त्यु


दिउँसो देशभर मौषममा सामान्यदेखी पुर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भरतपुरमा गरिएको नमुना परिक्षणमा ३५ जनामा कोरोना संक्रमण


राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ तथा पश्चिम बंगालमा न्युन चापिय क्षेत्र अबस्थित छ ।
हाल देशभर सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षा भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार