आज प्रदेश न.१, प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले जल तथा मौषम विज्ञान विभागले जनाएको छ । साथै ति स्थानहरुमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राती पनि देशभर सामान्यतया बदली रहि केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
हाल मनसुनको न्युन चापीय रेखा पुर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको छ । हाल देशको केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र प्रदेश न.१ र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा भारी वर्षा समेत भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार