आज बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले जल तथा मौषम विज्ञान विभागले जनाएको छ । विभागले ति स्थानहरुमा आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी, सुदुर पश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । अहिले देशभर सामान्य देखि पूर्णतया बदली रहेको छ भने प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।
भोलि र पर्शि दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार