अहिले देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको भैरहेको छ ।
जल तथा मौषम विज्ञान विभागका अनुसार प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी भैरहेको छ ।

आजदेखी विश्व स्तनपान सप्ताह नेपालमा पनि सुरु, आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण


आज राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ, भने प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २ ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी सहित ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

देशभर मनसुनी वायुको प्रभाव छ । नेपालको पुर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार