आज गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरु र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौषम वित्रान विभागले जनाएको छ । ति स्थानहरुमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध पनि गरेको छ ।
दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थौरै स्थानहरुमा र बागमती प्रदेशका भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राती समेत देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल पुर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा छ । अहिले गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार