आज देशभर हल्कादेखी मध्यम हुदै भारी वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुनसक्ने देखिएको छ ।
ति स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

हाल प्रदेश नं २ मा र प्रदेश नं ५ का केहि भु भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भुभागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भईरहेको छ ।
मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । आगामी तिन दिनसम्म देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार