आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पोखरा महानगरपालिकामा १४ सहित गण्डकी प्रदेशमा फेरि थपिए ३८ जना कोरोना संक्रमित


यि स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।
विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले नेपालको पुर्वि तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।

सेति नहरमा हाम फालेका दोलखाका खड्काको शव पोखरा १३ दुईकुलाको मुहानमा फेला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार