निरन्तरको वर्षाका कारण देशभरको जनजिवन प्रभावित भएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार आज पनि देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम तथा भारी वर्षाको सम्भावना रहेको छ
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

नेपालमा आज १३९ जना कोरोना संक्रमित थपिए, हालसम्म १३ हजार ७५४ बढि डिस्चार्ज


ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
आज दिउँसो र राति पनि देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालको तराई भू भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । सोही कारण अहिले पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ पुग्यो, आज बाराका ६० वर्षीय पुरुषको मृत्यु


अहिले देशभर मनसुन सक्रिय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार