आज केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ पुग्यो, आज थप २ पुरुषको मृत्यु


ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध पनि गरेको छ ।
आगामी तिन दिनसम्म देशभर मनसुन सक्रिय हुने विभागले जनाएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । साथै नेपालको दक्षिण भू–भाग नजिक मनसुन न्युन चापीय रेखा रहेको छ ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितहरु डिस्चार्ज


हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा निरन्तर बर्षा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार