सोमबार रातीबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहने तथा अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकोले ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम बर्षा र केहि स्थानहरुमा भारी बर्षा हुने सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित मितिमा नहुने पक्का


ती स्थानहरुका नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेतको जोखिम रहन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित मितिमा नहुने पक्का


यस्तै दिउँसो भने देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार