आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । ति स्थानहरुमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।
दिउँसो सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

तिन बुँदे माग सहित जागौँ पोखरा अभियानले सुरु गर्यो पोखरा महानगरपालिका कार्यालयमा धर्ना


यस्तै राती पनि देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ र स्थानिय वायुको पनि प्रभाव रहेको छ । हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

गण्डकी प्रदेशका कृषी मन्त्री थापामगर र सचिव शिवाकोटी बिचमा कार्य सम्पादन सम्झौता

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार