आज प्रदेश नं १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी तथा सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । विभागले ति स्थानहरुमा आवाश्यक सर्तकता अपनाउन समेत अनुरोध गरेको छ ।
दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकि प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै प्रदेश १, प्रदेश २, बागमाती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
अहिले मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार