आज प्रदेश न.१ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । विभागले ति स्थानमा आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।
दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ रहेको छ । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम(उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।
हाल देशका अधिकांश भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
भोली दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र सूदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
पर्शि दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश न.१, प्रदेश न.२, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
सोही दिन राती प्रदेश न.१, प्रदेश न.२, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी प्रदेशमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश न.१, प्रदेश न.२, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार