आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १ र २ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार ति स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
राति देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी तिनदिनसम्म मौषम बद्लि भैरहने छ । हाल भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार