पोखरा, बैशाख ।
पचभैया प्रगतीशील युवा मञ्च पोखरा –३१ द्वारा आयोजित प्रथम पचभैया वडा स्तरीय भलिबलप्रतियोगिता अन्र्तगत पहिलो चरणका खेलहरु शुक्रवार सम्पन्न भएका छन् ।बिहीबारदेखि सुरु प्रतियोगिता अन्र्तगत सम्पन्न खेलमा जुरेभुमी क्लब तप्राङ, जनजागरण बिकास केन्द्र घाचोक, जमनकुना युवा क्लब ,रुपा गोँपालिका, नव खुदीखोला युवा क्लब पोखरा ३० र देउराली युवा क्लब रुपा गाउँपालिका विजयी बने ।


जुरेभूमीले पोखरा २६ रीठेपानी लाई २५–२१ र २५ –२२ को सोझो सेटमा पराजित ग¥यो । जनजागरण विकास मेन्द्रले मट्टीखान युवा क्लबलाई २५–१२ र २६–२५ को सोझो सेटमा पजाजित गर्दा जमनकुना युवा क्लबले गोर्खाली युवा क्लबलाई २३–२५, २५–२३ र २५–१८ को सेटमा पराजित गरेको थियो । त्यस्तै अर्को खेलमा नवखुदीखोला युवा क्लब ,पोखरा–३० ले सप्तरङगी युवा क्लब तालबेशीलाई २५–१८, २४–२६ र २५–१९ को सेटमा र अर्को खेलमा देउराली यवा क्लबले माझठाना क्लब पोखरा २८ लाई २५–२१ र २५–१९ को सोझो सेटमा पाखा लगायो ।
नक आउट आधारमा सञ्चालित प्रतियोगिताको पहिलो चरणका खेलहरु बेष्ट अफ थ्रीमा खेलाईएपनि क्वार्टरफाईनलदेखि बेष्ट अफ फाईभमा खेलाईने आयोजकले जनाएको छ । प्रतियोगितामा पोखरा महानगरका विभिन्न वडाको प्रतिनिधी गर्दै र माछापुच्छ«े, रुपा लगायतका गाउँपालिकाका गरी कुल २२ टोली प्रतिस्पर्धामा रहेका थिए । शनिवार क्वार्टरफाईनल, सेमीफईनल र फाईनल खेल हुन बताईएको छ । प्रतियोगिता अन्र्तगत यस संस्करणमा उपाधी बिजेतालाई नगद ५० हजार रुपैया , शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरीनेछ भने उप विजेता टिमलाई नगद ३० हजार रुपैया, शिल्ड र मेडल प्रदान गरीनेछ ।
त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर सहितका खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरीनेछ । पोखरा महानगरपालिका वडा नं ३१ ले संयोजन गरेको प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा साङ्ग्रीला रीसोर्ट प्रा.लि. र सह प्रायोजकका रुपमा सह प्रायोजकमा बुद्ध पावर कम्पनि रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक कुर्लुङ्खोला खानेपानी आयोजना ,पचभैया रहेको छ भने दित्तिय पुरस्कार प्रायोजकमा पचभैया सामुदायीक बन उपभोक्ता समिति, उत्कृष्ट खेलाडी पुरस्कार प्रायोजकका रुपमा सेभेनलेक्स शुद्ध पिउने पानी रहेको छ ।
त्यस्तै सहयोगीका रुपमा जिल्ला खेलकुद विकास समिति, विभिन्न ब्यानरदाताहरु, वडा नंम्बर ३१ मा अवस्थित संघसंस्थाहरु रहेका छन् । पचभैयाको पर्यटन प्रवद्र्धनसहित मञ्चले निर्माण गर्न लागेको खेलमैदानको बिकासका लागि प्रतियोगिता आयोजना गरीएको हो । आफ्नै मैदान निर्माण भईसकेपछि आगामी संस्करणहरु सोही स्थानमा सञ्चालन गरीने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार