पोखरा, जेठ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २ जना नर्सहरु कुटिएका छन् । अस्पतालको सामाजिक सुरक्षा शाखामा काम गर्ने नर्वदा अर्याल र सम्झना सिजनलाई सोहि शाखामा काम गर्ने कोर्डीनेटर अरुणा ढकालले कुटेको उनिहरुले आरोप लगाएका हुन् । अस्पतालबाट खाजा खाएर कार्यकक्षमा प्रवेश गर्ने बेलामा इन्चार्ज ढकालले उनिहरुलाई कुटेको पिडितको आरोप छ । उनिहरुले आफुहरुलाई पहिला देखि नै दुव्र्यवहार हुदै आएको र अहिले हातपात गरेको बताए । घटनाको अस्पतालका निर्देशक अर्जुन आचार्यले पनि पुष्टि गरेका छन् । उनले हामी संगको कुराकानीमा कुट पिट भएको तर किन कुटपिट भयो भन्ने विषयमा आफुले पनि बुझ्न बाँकी रहेको बताए ।


सोहि अस्पतालमा विगत ५ वर्ष देखि काम गर्दै आएकी दिपिका पाण्डेले पनि नयाँ आउनेहरुलाई काम गर्न गाह्रो हुने गरेको बताईन् । उनले आफु ५ वर्ष देखि रोइरहेको बताएकी छीन् । भनेको बेलामा विदा नपाईने, विरामी हुदा पनि विदा दिन गाह्रो मान्ने करुणाले आफ्नो मुड भएको बेला राम्रो व्यवहार गर्ने तर उनको मुड छैन भने आफु मातहतका कर्मचारीलाई नराम्रो व्यवहार गर्दै आएको पाण्डेले आरोप लगाएकी छन् । करुणालाई प्रहरीले पक्राउ गरेको छ ।


करणालाई नियन्त्रणमा लिईएको र थप अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ । पिडितहरुले करुणाले हद पार गरिसकेको र उनीसंग काम गर्न नसक्ने बताएका छन् । उनिहरुले करुणा रहेसम्म आफुहरुले काम गर्न नसक्ने बताए । कि उसले काम गर्छ कि हामीले काम गछौँ । उनिहरुले भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार