पोखरा पोखरा महानगरपालिका – ७ इन्द्रपुीचोकमा एक पुरुषको शव फेला परेको छ । कास्की प्रहरीका अनुसार अन्दाजी ४०–४५ वर्षका एक पुरुषको शव बेवारिसे अवस्थामा आज बिहानै इन्द्रपुीचोकको सडकछेउमा फेला परेको हो ।
हिजो बिहानदेखी त्यहाँ स्थित एक प्रतिक्षालय आसपासमा बसेका उनको शव बिहान मात्रै फेला परेको स्थानियहरुले बताएका छन् । राति अबेरसम्म उनि त्यहि प्रतिक्षालयमा बसेका थिए ।
बिहान उनी मृत अवस्थामा सडक छेउमा भेटिएमा भएपनि उनको शरिरमा कुनै प्रकारका चोट पटकहरु नभेटिएको प्रहरीले बताएको छ । तर, उनको मृत्युको कारण भने पोष्टमाटम रिपोर्ट पछि मात्र खुल्ने प्रहरीको भनाई छ । उनको परिचय खुलेको छैन् ।
यसअघि पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ की ५० वर्षीय सीता परियारको शव फेला परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार