आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि बाघ संरक्षणमा क्रियाशिल अभियान्ता एंव सरोकारवालाहरुले विभिन्न कार्यक्रम गरि बनाउदैछन् ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपालमा पनि २९ जुलाइको दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिएको हो ।

पर्सामा कोरोनाको संक्रमण बढ्दै, सेना प्रहरी सहित वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि


सन् २०२२ भित्र बाघको संख्या दोब्बर पुर्याउने प्रतिबद्धता नेपालले सन् २०१० मा जनाएको थियो । त्यतिबेला नेपालमा १ सय २१ बाघ थिए । सन् २०१८ मा गरिएको गणनाअनुसार नेपालमा २ सय ३५ बाघ भेटिएका थिए ।
संख्या दोब्बर बनाउन नेपाललाई अझै १५ वटा बाघ आवाश्यक पर्दछ । यसअनुसार नेपाल लक्ष्य नजिक पुगेको छ । यदि नेपालले लक्ष्य पूरा गरे बाघको संख्या दोब्बर पार्ने पहिलो देश बन्ने छ ।

गण्डकी प्रदेशमा फेरि थपिए ५ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १४३५ पुग्यो


यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिँदै बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा सरोकारवाला संघसंस्थाले महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार