काठमाण्डौ, वैशाख ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गीक हिंसा अन्त्यका लागी जागरुक समाज निर्माण गर्नुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित लैङ्गिक हिंसा र मानसिक स्वास्थ्य सम्बन्धी गोष्ठिमा उनले सबै मिलेर लैङ्गीक हिंसा अन्त्यका लागी समाजलाई रुपान्तरण गर्नुपर्ने बताउनुभएको हो ।


अहिले मुलुकमा तीनतहको सरकार रहेको भन्दै तीन तहको सरकार जिम्मेवार भएर समाज रुपान्तरणमा लाग्नुपर्ने उहाको भनाई छ । मन्त्री थापाले महिलामाथि हुने हिंसालाई न्युनिकरण गर्नका लागी स्थानीय तहको भूमिका बृहत हुनुपर्ने र केन्द्रले पनि आवश्यक कानून तर्जुमा गर्नुपर्ने उहाले बताउनुभयो । त्यस्तै उहाले स्थानीय तहले मनोसामाजिक अधिकृतको व्यवस्था गर्ने महिलामैत्री ऐन निर्माण गर्ने तयारीमा जुटेको जानकारी पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार