पोखरा, २६ फाल्गुन ।
लाखौ रुपैयाँ हिनामिनाको आरोप लगाईएका पोखरा सात मासबार स्थित श्री कृष्ण मावि विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तेजनारायण अधिकारीले आफु माथि झुठ्ठो आरोप लगाई बद्नाम गर्न खोजिएको टिप्पणी गरेका छन् ।


आफु माथी लगाईएको आर्थीक अनियमितताको आरोप निराधार भएको उल्लेख गरेका उनले केहि संचारमाध्यमहरुमा आएका समाचारहरु प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको र ति समाचारहरु सत्य र तथ्य भन्दा निकै सतही र निराधार रुपमा आएका भनि टिप्पणी गरेका हुन् ।
एक विज्ञप्ती जारी गर्दै उनले जारी छानविन प्रक्रियालाई अवरोध गर्ने कुनै मनसाय नभएकाले आफ्ना धारणाहरु सार्वजनिक नगरि मौन बसेको जनाएका छन् । आफुपनि परिणामको प्रतिक्षामा रहेको बताएका उनले सत्य र तथ्यका आधारमा समाचारहरु सम्प्रेषण गर्न सुझाएका छन् ।


यसअधि उक्त विद्यालयको भौतिक संरचनाको निर्माण तथा पुस्तकालय व्यवस्थापनका नाममा ३२ लाख रुपैयाँ विद्यालयका पुर्व अध्यक्ष अधिकारी र भुतपुर्व प्रध्यानाध्यापक केदारानाथ अधिकारीको मिलिमतोमा हिनामिना गरेका खबरहरु सार्वजनिक भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार