काठमाण्डौ, जेठ ।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले तीनकुनेमा बाग्मती नदी माथि निर्माण भइरहँदा रोकिएको पुलको स्थलगत निरिक्षण गर्दे समितिमा थप छलफल गर्ने निर्णय गरेको छ । प्राविधिक कारण देखाउदै तीनकुनेमा पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको पुल रोकिएपछि समितिले अनुगमन गरेको थियो । डिजाइन र सम्झौता अनुरुप मापदण्ड मिचेर पुल बनाएपछि यो पुलको निर्माण करिब ५ महिनादेखि रोकिएको छ । त्यसअघि पनि पप्पुले निर्माण अवधि गुजारेपछि मात्रै पुलको निर्माण थालेको थियो । समितिले यो पुलको निर्माण तत्काल अघि नबढाउन काठमाडौं सडक विस्तार आयोजनालाई निर्देशन दिएको छ । पुल निर्माणमा कसको लापरवाही हो भन्नेबारे समितिले छानविन गर्ने समितिको तयारी छ, यसका लागी समितिमा छलफल गरिने समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । पप्पु कन्स्ट्रक्सनका संस्थापक निलम्बित सांसद हरिनारायण रौनियारले भने सडक बिभागको कमजोरीका कारण पुल निर्माणको काम अघि बढ्न नसकेको बताउनुभयो । पुल निर्माणमा देखिएको प्राविधीक समस्याका बारेमा बिभागलाई जानकारी गराएपनि कुनै जवाफ नआएकाले निर्माण कार्य अघि बढ्न नसकिएको उहाको भनाई छ ।
उपत्यका सडक विस्तार आयोजना प्रमुख अर्जुन थापाले सडक विस्तारका क्रममा आयोजनाको कुनै गल्ती नभएको भन्दै पुल निर्माणमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने र पप्पु कन्स्ट्रक्सनले जवरजस्ती रुपमा पुल निर्माणको कार्य अघि बढाएको बताउनुभयो । हाल सडक विभागले यो पुलको निर्माणको क्रममा ठेकेदारले हेरचेक्राइ गरे नगरेको जाँच गर्न पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई जिम्मा दिएको छ । इन्जिनियरिङ क्याम्पसले गर्ने अध्ययनबाट तयार हुने प्रतिवेदन अनुसार यो पुल निर्माण गर्न दिने वा नदिने टुंगो लाग्ने आयोजनाले जनाएको छ । कम्पनीले भने मापदण्ड अनुसार नै पुल बनाइएको दावी गर्दै आएको छ ।


रातो मत्स्येन्द्रनाथको रथजात्राको क्रममा मनाइने नरिवल खसाल्ने जात्रा बिहिबार ललितपुरमा मनाइएको छ । नेपालकै सबैभन्दा लामो जात्राको चिनिने यो जात्रामा रथको टुप्पोबाट नरिवल खसालेर खाइन्छ र नरिवल समात्न सक्ने व्यक्तिलाई पुत्रलाभ हुने जनविश्वास रहिआएको छ । नरिवल खसाल्नुअघि मत्स्येन्द्रनाथको पूजा गरेर रथको टुप्पोबाट चारै दिशामा योमरी र ल्होंचामरी छरेर अभिषेक गरिन्छ । नरिवल खसालिए पछि दोस्रो दिन महिलाले मात्र रथ तानेर लगनखेलबाट थटीटोल र्पुयाउने चलन छ । त्यसपछि साइत हेरेर रथ कुमारीपाटी हुँदै जावलाखेल र्पुयाइएको चौथो दिन भोटो जात्रा देखाइन्छ र जात्रा समापन हुन्छ ।

एम्याचोर खेलाडी शुक्र राईले सूर्य नेपाल गल्फ टूर अन्तर्गत वर्षको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनससिपको उपाधि जितेका छन् । गोकर्ण क्लब गल्फमा चार दिन सम्म चलेको प्रतियोगितामा शुक्रले डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीलाई एक स्ट्रोकले पराजित गरे । उनी एकै वर्ष दुई वटा मेजर गल्फ टुर्नामेन्ट जित्ने पहिलो एम्याचोर बने । उनले २०१८ डिसेम्वरमा सूर्य नेपाल इस्टर्नको अवार्ड समेत जितेका थिए । अन्तिम राउण्ड अघि शुक्रले भुवनमाथि एक स्ट्रोकको अग्रता कायम राख्दै ५ अन्डर ६७ स्कोर गरेका थिए । उनले टोटल ११ अन्डर २७७ स्कोर गरे । यस्तै वर्षभर भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका शुक्रसँगै सुबास तामाङ र टंक कार्कीले वर्षको उत्कृष्ट एम्याचोर खेलाडी घोषित भए । एम्याचोरतर्फ सुबास तामाङले ५ अन्डर २८३ स्कोर गर्दै दोस्रो स्थान हात पारे । यी तीन खेलाडीले आगामी डिसेम्वरमा नेपालमै हुने १३औँ सागमा नेपालको प्रतिनिधित्व गर्नेछन् । यस्तै प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत शुक्रवार प्रो एम इभेन्ट हुनेछ । जसमा २५ प्रो र ७५ एम्याचोर गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार