निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन नेपाल (प्याब्सियु) ले आफ्ना आन्दोलनका कार्यक्रमहरु तत्कालका लागि स्थगित गरेको छ ।
शिक्षक कर्मचारीहरुका मागका सम्बन्धमा पोखरा महानगरपालिकाले छलफल तथा निकासका लागि तयार रहेको आश्वासन दिएपछि तत्कालका लागि शान्तिपुर्ण विरोधका कार्यक्रमहरु स्थगित गरिएको प्याब्सियु नेपालका केन्द्रिय उपाध्यक्ष शिवलाल उपाध्यायले बताए ।
महानगरले सामाजिक सुरक्षाका सम्बन्धमा तत्काल परिपत्र गर्ने, नियुक्ती विना काममा लगाउने माथी कानुनी कार्वाही गर्ने र विद्यालयहरुको प्रभावकारी अनुगमन गर्ने बताएपछि आईतबार सम्मका लागी आन्दोलन स्थगित गरिएको उपाध्यायले बताए ।

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा १२ को परीक्षा असोज १५ मा सक्ने गर्नेगरि सरकारसंग अनुमति माग


तर, महानगरसंग गरिएको सम्झौता अपुरो भएका कारण आफुहरुले हस्ताक्षर नगरेको र प्याकेजमा सहमति खोजिनु पर्ने आफुहरुको माग यथावत रहेको उनले बताए । त्यसकारण आन्दोलनलाई तत्कालका लागि फिर्ता नभई स्थगितका रुपमा बुझ्न उनले आग्रह् गरे ।
निजी तथा संस्थागत विद्यालयमा अध्यापनरत शिक्षक तथा कार्यरत कर्मचारीहरुले तलब सुविधा यथाशीघ्र उपलब्ध गराउनु पर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर्नुपर्ने, बौद्धिकताको सम्मान गर्नुपर्ने, विद्यालयले नियुक्तिपत्र अनिवार्य दिनुपर्ने, सरकारी तलबमान कायम गर्नुपर्ने, पेशाको ग्यारेन्टी गर्दै विद्यालयले सम्बन्धन लिने बेलाका बुँदाहरू कार्यान्वयन गर्नुपर्ने लगायत माग राखेर आन्दोलन थालेका थिए ।

झण्डै चार महनिा पछि पोखराको बजारमा सार्वजनिक बस संचालन गर्ने तयारी


आन्दोलनका क्रममा पोखरा स्थित प्याव्सन, एनप्यासन र युनिप्सको कार्यालयमा तालाबन्दि गरिएको थियो । उनिहरुले शिक्षक कर्मचारीहरुलाई समेत बाँच्न देउ भनेका छन् । उनिहरु शिक्षक कर्मचारहिरुको श्रम र बौद्धिकताको सम्मानको माग गर्दै प्याब्सन, एनप्याब्सन र युनिप्ससँग अनौपचारिक रूपमा छलफल र वार्ता गर्दा पनि उपयुक्त निकास ननिस्किए पछि राष्ट्रव्यापी संघर्ष तथा आन्दोलनमा उत्रिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार