निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन नेपाल (प्याब्सियु) ले आफ्ना मागका सम्बन्धमा प्याब्सन, एन्प्याब्सन र युनिप्सले प्रर्याप्त चासो नदिएको बताएको छ ।
प्याब्सियुको आन्दोलनका क्रममा पोखरा महानगरपािलकासंग भएको सम्झौता बमोजिम योगदानमा आधारित सामाजिक सुरक्षामा सबै विध्यालय जानू पर्ने र त्यसका लागी प्याब्सन, एन्प्याब्सन र युनिप्सले मिलेर मोडालिटी तयार पार्ने भनिएको भएपनि अहिलेसम्म कुन प्रकारको मोडालिटीमा जाने भन्ने विषयमा कुनै पनि प्रयत्नहरु नभएको प्याब्सियुका केन्द्रिय उपाध्यक्ष शिवलाल उपाध्यायले बताए ।
उनका अनुसार सम्झौतामा नियुक्ति पत्र नपाएका शिक्षक कर्मचारीलाई तुरुन्त नियुक्ति पत्र दिने र उपलब्ध नगराए प्याब्सियु वा सोझै महानगरमा जानकारी गराउने समेत सहमति भएको छ । विद्यालयहरुले संचालनको सम्बन्धन लिने बेलामा तोकिएका सर्तहरु पूरा गरे नगरेको बारे कडाइका साथ अनुगमन गर्ने सम्बन्धमा पनि कुनै पहल नगरिएको प्याब्सियुको आरोप छ ।
प्याब्सियले आफ्ना मागहरुका सम्बन्धमा उदासिन बनेको भन्दै प्याब्सन, एनप्याब्सन र युनिप्सको कार्यालयमा गरिएको तालाबन्दिलाई निरन्तरता दिएका छन् । यसबिचमा उनिहरुसंग पटक पटकको वार्ता सकारात्मक रुपमा अगाडी बढेको भएपनि लिखित सहम्झौता भैनसकेका कारण तालाबन्दी यथावत राखिएको उपाध्यक्ष उपाध्यायले बताए ।
कोरोना महामारीको संक्रमणका कारण परिस्थिती प्रतिकुल भएकाले तत्काल विरोधका लागि सडकमा उत्रने अवस्था नरहेको प्याब्सियुले जनाएको छ । अवस्था सामान्य भए आफुहरु मुद्धामा पुनः केन्द्रित हुने उसले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार