पोखरा, वैशाख ।
अस्थायी र करार शिक्षक केन्द्रीय संघर्ष समितिले शिक्षकले रोजगारी नखोस्न माग गर्दे शुक्रबार काठमाडौमा प्रदर्शन गरेका छन् । शिक्षक सेवा आयोगको परीक्षामा समेत अनुर्तिण भएका उनीहरुले काठमाडौको बानेश्वरमा प्रदर्शन गर्दे सेवालाई निरन्तरता दिन पाउनुपर्ने माग गरेका हुन् ।


समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । आफूहरुले अघि सारेका मागहरु तत्काल सम्बोधन गर्नुपर्ने समितिको जिकिर छ । समितिले माग पूरा गराउनको लागि अनवरत रुपमा चल्दै आएको काठमाडौंको धर्ना कार्यक्रम यथावत राखेको छ ।
शिक्षण एउटा प्राविधिक विषय भएकोले ३ घण्टे परीक्षा प्रणालीले शिक्षकको योग्यताको सही मूल्यांकन हुनै नसक्ने समितिको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार