तनहुँमा पहिरोमा पुरिएका एकजनाको उद्धार गरिएको छ भने एकजना अझै भेटिएका छै्नन् । तनहुँ जिल्लाको भानुनगरपालिका वडा नं. ९ सिमगैरामा बस्ने महेन्द्र धराली र सँगै रहेको उनको भाईको घर माथिबाट आएको पहिरोले बगाउँदा महेन्द्रकी ८० वर्षकी आमा र १७ वर्षकी छोरी वेपत्ता भएका थिए ।

पहिरोमा परी वेपत्ता भएका मध्ये महेन्द्रकी १७ वर्षकी छोरी त्रिप्सा गम्भिर अवस्थामा भेटि उनलाई तत्कालै उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ भने ८० वर्षकी आमा तिलमाया अझै भेटिएकी छैनन् । आमाको खोजीकार्यमा सुरक्षा निकाय, स्थानीय गाउँलेहरु खटिई रहेको गण्डकी प्रदेश प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार