तनहुँमा ५ जना प्रहरी सहित १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा तनहुँको भानु नगरपालिकामा कार्यरत ५ जना शसस्त्र प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

नवलपुरमा २९ सहित गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


यस्तै तनहुँको भानु नगरपालिका वडा नं. १ का ४५ वर्षीय पुरुष र २७ वर्षीय महिलामा कोरोना संक्रमण भएको हो । सोही नगरपालिकाको वडा नं. ६ का ६२ वर्षीय एक महिला र ४२ र ५१ वर्षीय एक पुरुषमा पनि कोरोना देखिएको छ । ५ जना प्रहरी र बाँकी कन्ट्याक टे«सिङका आधारमा पत्ता लागेको हो ।

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ७९५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार