तनहुँको शुक्ला गण्डकी नगरपालिका २ दबङ गाउँमा चितुवाको आक्रमणबाट १८ महिने बालक नारायण राना मगरको ज्यान गएको छ ।
बुधबार राती घरको पिढीमा बसिरहेको बेला एक्कासी चितुवाले आक्रमण गरेको आमा बिष्णुमाया रानाले बताएकी छन् । बच्चाले पिसाब गरेपछि कपडा लगाउने क्रममा चितुवाले लगेको उनले बताईन् । करिब २ घण्टाको खोजी पछि घर भन्दा ५ सय मिटर तल जंगलमा बालको टाउको र दाया हात मात्र फेला परको थियो ।
शरिरको अन्य भाग चितुवाले आयो की अन्त कतै छोडेको छ भनेर खोन्ने प्रयास भैरहेको स्थानीयहरुले बताएका छन् । शब पोष्टमार्टमका लागी जिल्ला अस्पताल दमौली लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार