काठमाण्डौ, वैशाख ।
संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिसमा परको दिनेश थपलिया र समावेशी अयोगमा सिफारिस विष्णुमाया ओझाको सुनुवाई बुधबार गर्ने भएको छ ।


सिहदरबारमा मंगलबार बसेको समिति बैठकले सुनुवाईका लागी दुवै जनालाइ बुधबार दिउँसो बोलाउने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । बैठकले थपलियाविरुद्ध उजुरी दिनेहरुलाई भने बुधबार विहान ११ बजे छलफलका लागि बोलाएको छ । उजुरीकर्तासँगको छलफलपछि थपलियासँग दिउँसो २ बजे छलफल गर्ने समितिले निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
समितिले सर्वोच्च अदालतका न्यायाधीशहरुको सुनुवाइ भने बिहीबार गर्ने भएको छ । उनीहरुविरुद्ध ५ वटा उजुरी परेको छ । न्यायपरिषदले हालै सर्वोच्च अदालतमा कानून व्यवसायीहरु कुमार रेग्मी, हरि फुयाल, मनोजराज शर्मा र उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई न्यायाधीशमा सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार