सुदुर पश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार डोटी र डढेल्धुराको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रलायका अनुसार बैतडि २ जना, अछाममा ३६ जना, डोटीमा १७ र डढेल्धुरामा २ जनामा कोरोना पुष्टि भएको हो । यससंगै सुदुरपश्चिम प्रदेशमा कुल संक्रमितको संख्या ५ हजार १३५ पुगेको छ ।
जसमा १ हजार ३०२ महिला र ३ हजार ८३३ पुरुष रहेका छन् । हालसम्म ९ जनाको मृत्यु भएको छ । ३ हजार बढि मानिसहरु क्वारेन्टिनमा रहेका छन् । ६४ जनाको आईसोलेसनमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार