सुदुर पश्चिम प्रदेशमा आज ७५ जना कोरोना संक्रमित थपिएका छन् ।
सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४२ जना र डढेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३३ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुदुर पश्चिम प्रदेशले जनाएको छ ।
जसमा कैलाली २१ जना पुरुष र ११ जना महिला, कञ्चनपुरका ७ जना पुरुष र ३ जना महिला, डढेल्धुरा २ पुरुष, अछाम १९ जना पुरुष र ४ जना महिला रहेका छन् । यस्तै बैतडीका ३ जना पुरुष र २ जना महिला, दार्चुचलाका १ जना पुरुष, र बझाङका २ जना पुरुष तथा १ जना महिला रहेका छन् ।
यससंगै सुदुर पश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार २२४ पुगेको छ । जसमा महिला १ हजार ३२६ र पुरुष ३ हजार ८९८ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार