सुदुर पश्चिम प्रदेशमा आज ११४ जना कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ५ हजार ३३८ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३७२ जना महिला र ३ हजार ९६६ जना पुरुष रहेका छन् ।
आज सेति प्रादेशिक अस्पतालमा गरिएको प्रयोगशाला परिक्षणमा ५७ जना र डढेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको हो ।
आज कैलालीका ४२ पुरुष र ३६ महिला, कञ्चनपुरका ७ जना पुरुष र ४ जना महिला, अछामका १२ जना पुरुष र ६ जना महिला रहेका छन् । यस्तै बैतडीका १ जना पुरुष, र डोटीका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
हालसम्म ४ हजार ४ सय जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार