नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।
उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान मृत्यु भएको हो ।
कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पताल लगि उनलाई भेन्टिलेटरको सहायतामा उपचार थालिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार