पोखरा, वैशाख ।
रिटर्नी माईग्रेन्ट नेपालको पहिलो राष्ट्रिय सम्मेलन आजदेखी पोखरामा सुरु भएको छ । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपाली युवाहरुले आर्जन गरेको सीप, अनुभव र पुँजिलाई राज्यको नीति, योजना र कार्यक्रमसंग जोडेर राज्यको विकास गर्ने प्रतिवद्धता सहित राष्ट्रिय सम्मेलन आयोजना गरिएको महासचिव लक्ष्मी प्रसाद आचार्यले बताएका छन् ।


सम्मेलन मार्फत वर्षौ विदेशमा रहेर नेपाल फर्किएका नेपाली युवाहरुको हितका खातिर उत्पादनशिल क्षेत्रमा लागनी वृद्धिगरि स्वदेसमै रोजगारीको सृजना गर्न राज्यको ध्यानाकर्षण गराईने उनले बताए । वर्षेनी लाखौको संख्यामा विदेश पलायन नेपाली युवाहरुले दुनियाँका कयौ विदेश बनाएको बताएका उनले अव आफ्नै देश बनाउनु पर्नेमा समेत जोड दिए ।
मुलुकको विकास र समृद्धि हाषिल गर्ने कार्यमा विलम्व गर्ने छुट कसैलाई नभएको बताएका महासचिव आचार्यले देश बनाउने जिम्मेवारी र दायित्व रिटर्नी माईग्रेन्टहरुको भएको बताएका छन् । देशभरी रहेका ति युवा शक्तिको उपयोग मार्फत मुलुक विकासको अभियान सिघ्र थालिनु पर्नेमा उनले जोड दिए ।
“अहिले पनि चालिसौँ लाख नेपाली युवाहरु विदेशमा छन्, उनिहरुको पसिनाले दुनियाँका कयौ आधुनिक शहरहरु निर्माण भैरहेका छन्, महासचिव आचार्य भने, अव त्यो शक्तिलाई नेपाल फर्काई नेपाल कै विकासका खातिर लगाउनु पर्छ, विदेश होईन अव आफ्नै देश बनाउन त्यो शक्ति खर्चनु पर्छ ।”
राज्यका नीतिगत समस्याहरुको समाधान गर्दै लगानी वातावरण सृजनामा लाग्नु जरुरी रहेको उनले बताए । पोखरामा दुई दिन सम्म चल्ने उक्त सम्मेलनमा देशभरिका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार