शिव कोईरालालाई अध्यक्षतामा निरन्तरता प्रदान गर्दै राष्ट्रिय तेक्वान्दो संघको साधारण सभा सम्पन्न भएको छ । संघको महासचिवमा राजकुमार कार्कीले पुनः जिम्मेवारी प्राप्त गरेका छन् । साधारण सभामा ४९ जिल्लाका दुई दुई प्रतिनिधी, कार्यसमितिका ३४ र सात प्रदेशका २१ गरि कुल १५३ प्रतिनिधीहरुको सहभागिता रहेको थियो । साधारण सभाको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

एभरेष्ट र पिस क्वाटरफाईनलमा |
एभरेष्ट वल्र्ड र पिस प्वाईन्ट स्कुल प्रथम केभीएस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गरेका छन् । एभरेष्टले एलिक्सर एकेडेमी कुमारीगाललाई ५ । ० गोलले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको हो । एभरेष्टका अभिनभ राईले ३ तथा अभिनित राज वाईवा र सरोज घिमिरेले एक एक गोल गरे । यस्तै पिस प्वाईन्टका नेल्सन तामाङ्गको २ र विकास साउदको १ गोल मद्धतले शुभयोग स्कुल स्वयंभुलाई ३ । ० ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनायो । काठमाडौं विनायक शिक्षालय (केभीएस) को आयोजनामा सानोगौचरणमा भइरहेको प्रतियोगिताको आईतबार भएको अन्य खेलमा साम्भवी र केभिएस स्कुलले पनि जित निकाले । साम्भवीले ज्ञानु निकेतनलाई २ । १ ले पराजित ग¥यो । उसको जितमा अनिष श्रेष्ठ र रोशन बजगाईले गोल गरे । ज्ञानु निकेतनका लागि आशिष बोहराले गोल गरे । यस्तै केभिएसले कोलम्बर ईन्टरनेशनललाई ३ । ० गोलले पराजित ग¥यो । केभिएसका लागि उत्तम तामाङ्ग, अमर लामा सुनिल नेपालीले गोल गरे ।


निम्सको दुवै टिम उपाधी नजिक |
निम्सको छात्र तथा छात्रा दुवै टिम तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा उपाधी नजिक पुगेका छन् । आईतबार सम्पन्न भएको सेमिफाईनलमा छात्र तर्फ निम्सले अमृत तामाङ्गको १८ अंकको मद्धतले ग्रिन्ल्याण्डलाई ६४ – ४७ अंकले पराजित गर्दै उपाधी निकट पुगेको हो । यस्तै छात्रा तर्फ पनि निम्सले स्किबस्लाई डोल्मा तामाङ्गको १६ अंक मद्धतले ३६ – २७ ले पाखा लगाउँदै फाईनल प्रवेश गरेको हो । छात्र तर्फ फाईनल प्रवेश गर्ने क्रममा टिआईएले सम्राट गुरुङ्गको २१ अंकको सहयोगमा गोल्डेनपिकलाई ५५ – ३८ अंकले पराजित ग¥यो । छात्रा तर्फ भ्याली पब्लिकले एचएचसिएलाई ३० – १९ ले पराजित गर्दै उपाधी भिडन्तमा निम्स संगको भेट पक्का ग¥यो । भ्यालीको जितमा सुस्मिता ढकालले १८ अंकको योगदान गरिन् । प्रतियोगिताको फाईनल सोमबार १० बजे हुने कार्यक्रम रहेको दीपेश कार्कीले जानकारी गराए ।






आयोजक कौस्तुभ क्वाटरफाईनलमा |
आयोजक कौस्तुभ स्कुल दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगितामा क्वाटरफाईनल प्रवेश गरेको छ । आयोजक टोलीले न्यू स्टार पोललाई २ । १ गोल अन्तरले पराजित गरेको हो । आयोजकका लक्ष्मण गुरुङ्ग म्यान आफ दि म्याच घोषित भए । यस्तै अन्य खेलमा ग्लोबल पब्लिक स्कुलले नेपाल तारालाई ४ । ३ गोलले पराजित ग¥यो । ग्लोबलका सुशान्त भण्डारी म्यान अफ दि म्याच भए । यसैग गरि विनायक स्कुल भक्तपुर र ईम्युनियल स्कुलले पनि जित हात पारे । विनायकले त्रिवेणी सदनलाई ४ । १ ले र ईम्युनियलले हाईल्याण्ड स्कुललाई ३ । २ गोलले पराजित गरे । विनायकका आयुष बस्नेत र ईम्युनियलका सुशिल तिमल्सिना म्यान अफ दि म्याच भए ।











तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार