पोखरा, जेठ ।
टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् आवार्ड २०७५ यहि जेठ २४ गते पोखरा सभागृहमा हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकी आयोजनामा हुने उक्त प्रतियोगीताको आवाश्यक तयारी थालिएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । समृद्धिका लागि खेलकुद भन्ने मूलमन्त्रको साथ आयोजित उक्त अवार्ड विगतमा जिल्लास्तरमा गरिएको भएपनि यसवर्ष भने संघीय संरचना अनुरुप प्रदेशस्तरमा गर्ने तयारी गरिएको मंचका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशका ११ जिल्ला भरिकाबाट छनौट गर्ने गरि पपुलर प्यलेर अफ दी इयर थप गरी यसवर्ष विभिन्न ८ विधामा अवार्ड प्रदान गरिनेछ ।

यसवर्ष पनि लाईफ टाइम अचिभमेन्टअवार्ड अन्तरगत चाँदी जडित ट्रफी, ताम्रपत्र र दोसल्ला, वर्ष खेलाडी पुरुष अवार्ड अन्तरगत टीभीएस अपाचे मोटरसाइकल, ट्रफी र दोसल्ला, वर्ष खेलाडी महिला अवार्ड अन्तरगत विगो स्कूटर, ट्रफी र दोसल्ला, वर्ष उदियमान खेलाडी अवार्ड अन्तरगत नगद रु.१५ हजार, ट्रफी र दोसल्ला, वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड नगद रु.१५ हजार, ट्रफी दोसल्ला, वर्ष उत्कृष्ट खेल सँस्था अवार्ड १० हजार र ट्रफी, वर्ष पपुलर प्लेयर अवार्ड अन्तरगत १५ हजार, ट्रफी र दोसल्ला तथा वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड अन्तरगत नगद रु.१५ हजार, ट्रफी र दोसल्ला प्रदान गरिनेछ ।
उक्त अवसरमा विविध साँंस्कृतिक, खेलाडी र्याम्प, विभिन्न खेलकौशल प्रदर्शन समेत प्रस्तुत गरिनेछ । तयारीका लागी ५१ सदस्यिय मुल आयोजक सहित विभिन्न १२ वटा उपसमितिहरु गठन गरिएका छन् । खेल तर्फ उत्कृष्ट ३ मनोनयन र पत्रकार अवार्डका लागी छुट्टा छुट्टै समितिहरु गठन गरिएका मंचले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार