जेठ ।
केरुङ–रसुवागढी नाका जाने पासाङ ल्हामु मार्गमा अघोषित रुपमा पूनः सिण्डिकेट प्रणाली लागु गरेको भन्दै सरोकारवालाहरुले उक्त एकाअधिकार तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । शनिबार काठमाडौंमा नेपाल–चीन केरुङ व्यापार संघ, नेपाल ट्रक कन्टीनर ढुवानी सेवा लिमिटेड, रसुवा ट्रक कन्टीनर व्यवसायी संघ प्रा.ली., मिनि गोसाईकुण्ड यातायात प्रा.ली, पासाङ ल्हामु यातायात प्रा.लि लगाएतले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हुन् । उनीहरुले उक्त नाकामा लगाएको अघोषित सिण्डिकेट तत्काल हटाउनुपर्ने माग गरेका छन् । नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङले सबै क्षेत्रमा खारेज भैसकेको सिण्डिकेट केही व्यक्तिहरुले प्रशासनको मिलेमतोमा उल्टाउन खोजेको आरोप लगाउनुभयो ।

उहाले उक्त नाकामा लगाईएको अघोषित सिण्डिकेट तत्काल खारेज नगरे आफूहरु जस्तोसुकै संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिनुभयो । उहाले २०७६ बैशाख १७ गते जिल्ला प्रशासन कार्यालय रसुवामा बसेको बैठकले सिण्डिकेटलाई मौन समर्थन गरेको र सरोकारवाला पक्षलाई सल्लाह नै नगरी नाका व्यवस्थापन समिति गठन गरेको गम्भिर आरोप लगाउनुभयो । कार्यक्रममा रसुवा ट्रक कन्टीनर व्यवसायी संघ प्रा.ली.का अध्यक्ष उर्केन छिरिङ तामाङले विगत ८ वर्षदेखि उक्त नाका सञ्चालनमा भएपनि गत बैशाख १७ गते नयाँ सिडिओ र डिएसपी आईसकेपछि कोहीपनि सरोकारवालाहरुसँग छलफलनै नगरी सो व्यवस्था गरिएको भन्दै आपत्ति जनाउनुभयो । त्यस्तै, मिनि गोसाईकुण्ड यातायात प्रा.लि.का सञ्चालक टेम्ब नूर्पु तामाङले राज्यले देशबाट सिण्डिकेट हटाईसकेको अवस्थामा डाईलिङ प्रणाली नगरी मापदण्ड निर्धारण गरी अघि बढ्नुपर्ने माग गर्नुभयो ।















तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार