फेवातालमा बगेर आउने गेगरलाई रोक्ने उद्देश्यले अँधेरी खोलामा निर्माण गरिएको सिल्टेसन ड्याम सोमबारको बर्षासँगै आएको बाढीले बगाएको छ । निर्माण सम्पन्न भएपनि ड्याम हस्तान्रण भने भैसकेको थिएन् ।
ड्यामको करिब ५० मिटर भाग बगेको स्थानियहरुले बताएका छन् । ड्याम बगे करिब १ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । फेवातालको आकार खुम्चँदै गएपछि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले सयुक्त लगानी गरि अँधेरी खोला सहित विभिन्न चार स्थानमा सिल्टेसन ड्याम निर्माण गरिएका थिए ।
बेतेनी खोला, लौरुक, अधेँरी र हर्पन खोलामा सिल्टेसन ड्याम निर्माण गरिएको हो । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले यसमा करिब २८ करोड लगानी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार