पोखरा, १२ फाल्गुन ।
नेपाल प्रेस युनियन कास्कीको सभापतिमा नविन सिग्देल विजयी भएका छन् ।


आईतबार सम्पन्न निर्वाचनमा उनले प्रतिष्पर्धी माधव रेग्मी र यदुनाथ बञ्जरालाई पराजित गर्दै सभापति बनेका हुन् ।
सचिव पदमा प्रदिप पौडेल विजयी भएका छन् । बाँकी पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन भएका प्रेस युनियन कास्कीले जनाएको छ ।
नवनिर्वाचित सभापति सिग्देल नेपाली कांग्रेस कास्कीका प्रवक्ता पनि हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार